नियम १२६
भेरिएसन आदेश
(१) नियम १४, २९ र ५० बमोजिम अधिकार प्राप्त अधिकारीबाट
भेरिएसन आदेश जारी गर्दा उपनियम (२), (३), (४) र (५) बमोजिम गर्नु पर्नेछ ।
(२) खरिद सम्झौतामा उल्लिखित दररेटभन्दा बढी दररेट हुने गरी भेरिएशन
आदेश जारी गर्नु हुदैन । बढी दररेट हुने गरी भेरिएशन आदेश जारी गर्नु पर्ने भएमा
आईटमको दर समेत विश्लेषण गरी सम्बन्धित निकायबाट स्वीकृत गराउनु पर्नेछ ।
(३) खरिद सम्झौता बमोजिमको निमार्ण कार्यमा नया“ आईटम थप गर्नु पर्ने
भएमा स्थानीय निकायले त्यस्तो नया“ आईटमको दर समेत विश्लेषण गरी दररेट
निर्धारण गर्नु पर्नेछ ।
(४) यस नियम बमोजिम भेरिएशन आदेश जारी गर्दा भेरिएशनको प्रकृति, ठूला
आइटम, साना आइटम, म्याद थप गर्नु पर्ने वा नपर्ने र पर्ने भए कति दिन गर्नु पर्ने,
भेरिएशन आइटमको दररेट, बील अफ क्वान्टीटीको आइटमको दररेट भन्दा घटीबढी,
अद्यावधिक फेरबदल जम्मा सम्झौता मूल्यको कति प्रतिशत भएको, भेरिएशन आदेश
बमोजिमको गर्नु पर्ने कामको लागि थप रकम कहा“बाट कसरी जुटाउने, भेरिएशन
आदेशपछिको जम्मा–जम्मी रकम शुरु सम्झौता मूल्यको कति प्रतिशत हुने स्पष्ट
रुपमा खुलाउनु पर्नेछ ।
(५) आकस्मिक कार्य गर्नु पर्ने अवस्था आई तुरुन्त थप काम गराउन परेमा एक
तह माथिको अधिकारीबाट पूर्व स्वीकृति लिई भेरिएसन कार्य अगाडि बढाउन सकिनेछ ।